गृहपृष्ठ गत आवमा सात खर्ब २० अर्बको घरजग्गाको कारोबार
गत आवमा सात खर्ब २० अर्बको घरजग्गाको कारोबार
काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ । नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२।८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ ।
राष्ट्र बैंकका अनुसार आव २०८१।८२ मा भने रु तीन खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो । आर्थिक वर्ष २०८२।८३ मा घरजग्गाको कुल कारोबारको सङ्ख्या आव २०८१।८२ को तुलनामा चार दशमलव ७४ प्रतिशतले बढेको छ । अघिल्लो आवको तुलनामा २०८१।८२ मा भने घरजग्गाको कारोबार सङ्ख्या एक दशमलव ८४ प्रतिशतले घटेको थियो ।
प्रकाशित समय : १५:५६ बजे

















