काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

६ दिनदेखि वाइसिएलको निर्वाचन अझै जुटेन सहमति

1.29K
shares

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट संगठन योङ कम्युनिष्ट लिग वाईसिएल को निर्वाचन प्रक्रिया लम्विएको छ ।

आईतबारदेखि जारी सम्मेलनमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया लम्विएको हो । सहमतिबाट नयाँ कमिटि ल्याउने तयारी भएपनि सम्भव नभएपनि आजका लागि नयाँ कार्यतालिका तय गरिएको छ । तीन दिनका लागि तय भएको सम्मेलन नयाँ नेतृत्व चयन गर्न नसक्दा ६ दिन लम्बिएको हो ।

नयाँ नेतृत्वका लागि अझैपनि सहमतिको प्रयास जारी रहेको छ । सहमति जुटाउन भन्दै पटक–पटक कार्यतालिका संशोधन गरिएको छ । निर्वाचन समितिले यसअघि आज बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म तय भएको कार्यतालिका परिवर्तन गरि दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ताको समय तोकेको थियो । तर, दिउँसो एक बजेको समयतालिका पनि संशोधन गरि पुनः ३ः३० का लागि सारिएको छ । उम्मेदवारी दर्ता पछि दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली आजै प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

यसअघि समितिले बुधबार र बिहिबार दुई पटक निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो । तर, सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी राखिएपछि कार्यतालिका प्रभावित भएको थियो । ३५ सदस्यीय पदाधिकारी रहेको वाईसिएलमा एक अध्यक्ष, ७ उपाध्यक्ष, १ महासचिव, ७ उपमहासचिव, १७ सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।

अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदम करिव सहमति नजिक पुगिसकेको प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिनुभयो । अध्यक्षका लागि १३ जना आकांक्षी रहेका छन् ।