काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नागढुंगावाट ४५ लाख बढी मूल्यको सुनसहित भारतीय नागरिक पक्राउ

1.21K
shares

काठमाडौँ । काठमाडौँस्थित नागढुंगाबाट ४५ लाख भन्दा बढी मुल्यको सुन सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट ४५ लाख ६३ हजार मुल्य बराबरको सुन सहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत वेष्ट बंगालका ३१ वर्षीय महादेव सामन्त रहेका छन् ।

काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बा। प्र–०३–००१ ख ३१३९ नम्बरको बस चेकजाँचका क्रममा सुन भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । उनको साथबाट २७४/५३ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकलाई थप अनुसन्धान तथा कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा पठाईएको छ ।