दुबई जाने नेपाली श्रमिकको न्युनतम तलब निर्धारण, अब कति पाउँछन् ?
वि.सं.२०८२ जेठ २३ शुक्रवार १६:१४
shares

काठमाडौँ । युएई जाने नेपाली श्रमिकको न्युनतम तलब निर्धारण भएको छ ।
नेपाल सरकारले संयुक्त अरब ईमिरेट्स युएई जाने नेपाली श्रमिकको न्युनतम तलब एक हजार दिराम निर्धाणर गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युएई जाने श्रमिकको न्युनतम तलब निर्धारण गर्ने निर्णय गरेका हुन् ।
यसअघि युएईमा कार्यरत नेपालीको न्युनतम तलब ८ सय दिराम रहेको थियो । न्युनतम तलब एकदमै कम भएपछि युएईमा रहेको नेपाली दुताबासको सिफारिसमा नयाँ तलब निर्धारण गरिएको श्रम मन्त्रालयले जनाएको छ । जसअनुसार अदक्ष, अर्धदक्ष र दक्ष श्रमिमका लागि फरक फरक तलब निर्धाणर गरिएको छ । सोही आधारमा अब श्रमिकहरुले न्युनतम हजारदेखि १५ सय दिरामसम्म तलब पाउनेछन् । नेपाल सरकारले बजारको अबस्था हेरेर तलब निर्धारण गरेको हो ।
न्युनतम तलब निर्धारण भएसँगै अब यो भन्दा कम तलबमा श्रमिक माग गर्ने रोजगारदाताको मागपत्र प्रमाणीकरण नहुने भएको छ भने सो बराबरको तलब नदिने रोजगारदताले नेपाली श्रमिक लैजान पाउने छैनन् । हाल करिव ७ लाख नेपाली युएईमा कार्यरत रहेको अनुमान छ । युएई नेपाली श्रमिकको आकर्षक गन्त्व्य हो ।






















