global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक सार्वजनिक

‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक सार्वजनिक

‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक सार्वजनिक

नेपाली फुटबलको इतिहास समेटिएको ‘स्वर्णकथा नेपाली फुटबलको’ पुस्तक सार्वजनिक गरिएको छ । खेल पत्रकार हिमेशरत्न बज्राचार्यले लेख्नुभएको उक्त पुस्तक आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्यले लोकार्पण गरे ।

बुकहिलले प्रकाशन गरेको उक्त पुस्तकमा नेपाली फुटबलको सुरुआतदेखि १०० वर्ष लामो इतिहासका घटनाक्रम समेटिएको छ । पुस्तकमा नेपालले विसं १९८४ र १९९३ मा दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्दाका क्षणहरू पनि समेटिएका छन् ।

नेपाली फुटबल इतिहास समेटेर लेखिएको यो पहिलो नेपाली पुस्तक हो । अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण राईले लेखकले फुटबलका घटनाक्रमलाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको बताउँदै नेपाली फुटबलमा पहिलो दस्ताबेजका रूपमा यो पुस्तक भित्रिएको बताए ।

बुकहिलका भूपेन्द्र खड्काले फुटबलमा रुचि हुने हरेक पाठकका साथै विद्यालयस्तरका विद्यार्थीका लागि पुस्तक उपयोगी हुने बताए ।

एथ्लेटिक्स खेलकी धाविका सन्तोषी श्रेष्ठले हरेक क्षेत्रमा साहित्य महत्वपूर्ण हुने भन्दै नेपाली खेलकुदमा पनि खेल साहित्य लेखिनुपर्ने आवश्यकता औँल्याइन । उनले लेखक बज्राचार्यको नाममै रत्न रहेको र रत्नले लेखेको स्वर्णकथा रत्न जस्तै राम्रो रहेको टिप्पणी गरिन ।

लेखक बज्रचार्यले पुस्तक लेखन कार्यमा साथ दिने सबैलाई धन्यवाद दिँदै आफू सानैदेखि फुटबलको समर्थक र पछि फुटबलबारे लेख्दै आएकाले पुस्तक निकाल्ने आफ्नो सपना पूरा भएको बताए ।

प्रकाशित समय : १७:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु