काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राष्ट्रको समृद्धिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने

1.95K
shares

प्रथम महिला राधिका शाक्यले देशको समृद्धिलाई केन्द्रमा राखेर समाजका सबै वर्गले काम गर्नुपर्ने विचार व्यक्त गरेको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर हरेक नेपालीले राष्ट्रका खातिर काम गर्नुपर्ने बताए ।

देशमा गणतन्त्र स्थापना भएपछि शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायत क्षेत्रमा स्रोत र साधनले भ्याएसम्म विकास–निर्माणका धेरै काम भएका बताउँदै उहाँले  राजनीतिक परिवर्तनले निराशा बढायो भन्नेहरुलाई इमानदार भएर समीक्षा गर्न आग्रह गरे ।

“देशमा कही भएन भन्नेहरुले एक पटक देश घुम्नुस्, हेर्नुस्, बुझ्नुस्, सरकार र विभिन्न निकायबाट प्रकाशित विकासका पुस्तकहरु अध्ययन गर्नस्, प्रजातन्त्र स्थापनापछि देशका कति परिवर्तन भएका छन्, केही भएन भन्ने भाष्य गलत हो ।”

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राजसंस्था पक्षधर समूहका केही व्यक्तिले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरे । देशको समृद्धि नै प्रधानमन्त्रीको एकमात्र लक्ष्य र उद्देश्य भएको कथन थियो । “बालुवाटार घेर्छु भन्नेहरुलाई जनताले चिनेका छन् ।” उनले भने ।

समृद्ध मध्यपुर समाजले प्रकाशन गरेको ‘जेसुम यात्रा’ कविता सङ्ग्रह प्रथम महिला शाक्य, मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदनसुन्दर श्रेष्ठ, जेसुमकी संस्थापक संयोजक एवं बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले संयुक्त रूपमा विमोचन गरेको हो ।

विमोचित पुस्तकमा प्रकाशित प्रधानमन्त्री  ओलीका साथै विभिन्न स्रष्टाका रचना वाचन गरिएका थिए । पुस्तकमा जेसुमकी संयोजक अनिता लामा, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, साहित्यकार स्नेह साय्मी, फूलमान वल, लक्ष्मी माली, शशि लुमुम्बू, अनन्त वाग्ले, घनश्याम खतिवडाका कविता समावेश छन् । उहाँहरूले आफ्ना सृजना सोही कार्यक्रममा वाचन गरेको थियो ।

कला, साहित्य र रङ्गमञ्चमार्फत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले यही फागनु १ गते जेसुमले शङ्खधर चोकस्थित शङ्खधरको शालिकबाट सुरु गरी बालकुमारी हुँदै, नगदेश बोडेको कुमारी मन्दिरसम्मका ऐतिहासिक सम्पदाको अवलोकनका क्रममा स्रष्टाहरुबाट सृजना भएका कविता, सम्पदास्थलमै कोरिएका चित्र पनि पुस्तकमा समावेश गरिएका छन् ।