काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

१८० जना मेडिकल अधिकृत भर्ना गर्न स्वास्थ्य बिमा बोर्डले निकाल्यो सुचना

1.51K
shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ठूलो संख्यामा मेडिकल अधिकृत भर्ना गर्न दरखास्त आह्वान गरेको छ।

बीमा बोर्डले आज एक सूचना प्रकाशित गरी १८० जना मेडिकल अधिकृत भर्ना गर्न दरखास्त आह्वान गरेको छ। योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र रिपूर्वक दरखास्त पेस गर्नुपर्नेछ। मान्यता प्राप्त विश्वविद्यालयबाट एमबीबीएस उत्तीर्ण गरी मेडिकल काउन्सिलको प्रमाणपत्र हासिल गरेकाले मात्रै दरखास्त दिन पाउनेछन्। उमेर २१ वर्ष पूरा गरी ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

म्मेदवारको छनौट अन्तर्वार्तामार्फत गरिने बीमा बोर्डले जनाएको छ। उम्मेदवारसँग आफ्नो ल्यापटप वा अन्य वर्किङ डिभाइस हुनुपर्नेछ। ल्यापटप वा डिभाइस प्रयोग गरेबापत बीमा बोर्डले एकमुष्ठ ७ हजार ५०० रुपैयाँ दिनेछ।

नेपाल सरकारको आठौँ तह सरहको तलब सुविधा हुनेछ। अतिरिक्त समय काम गरेबापत अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिकाबमोजिम हुने बीमा बोर्डले जनाएको छ। छनौट भएका उम्मेदवारको कार्य अवधि ९० दिनको मात्रै हुनेछ।