global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडा अध्यक्षको भेला सुरू

एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडा अध्यक्षको भेला सुरू

एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडा अध्यक्षको भेला सुरू

नेकपा एमालेबाट बागमती प्रदेशका वडाहरूमा निर्वाचित वडाअध्यक्षहरुको भेला सुरू भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साे भेलाकाे उदघाटन गरेका छन् । भेला गाेदावरी, ललितपुरमा जारी रहेकाे छ।

ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरु सहभागी रहेका छन ।

निर्वाचित जनप्रतिनिधीको सबैभन्दा तल्लो निकायका रुपमा वडाअध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्रतहसम्म नै रणनीति बनाउने तयारी स्वरूप साे भेला गरिएकाे हाे ।

बागमती प्रदेश इन्चार्ज डा=राजन भट्टराईका अनुसार पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरु संकलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरुको भेला बोलाइएको हो ।

भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु सहभागी छन् । भेला भोलीसम्म सञ्चालन हुनेछ ।

 

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु