संसदमा पहिलो सम्बोधन प्रधानमन्त्रीले गर्ने
वि.सं.२०८२ वैशाख १२ शुक्रवार ०५:५७
shares

संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।
सभामुख देवराज घिमिरेले हिजो बोलाएको कार्य व्यवस्था परामर्श समिति बैठकमा पहिलो बैठकको कार्यसूचीका बारेमा छलफल हुदाँ आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनेका हुन् ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार पहिलो दिनको बैठकलाई सबैभन्दा पहिले प्रधानमन्त्रीले सम्बोधन गर्ने समझदारी भएको हो ।

























