सरल बचत फन्ड–ईको थप इकाइ निष्कासन गर्न एनएमबि क्यापिटललाई अनुमति
वि.सं.२०८२ वैशाख ११ बिहीवार १९:००
shares

नेपाल धितोपत्र बोर्डले एनएमबि सरल बचत फन्ड–ईको थप इकाइ निष्कासन गर्न अनुमति दिएको छ ।
धितोपत्र बोर्डले यस योजनाका थप २० करोड रुपैयाँ बराबरको इकाइ निष्कासन गर्न एनएमबि क्यापिटललाई अनुमति दिएको हो । अब क्यापिटलले १० रुपैयाँ अंकित दरका थप २ करोड इकाइ निष्कासन गर्नेछ ।
यो योजना एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित रहेको छ । योजनाको कोष प्रवद्र्धकमा एनएमबि बैंक रहेको छ । थप इकाइसँगै धितोपत्र बोर्डमा अब उक्त योजनाको कुल ३२ करोड इकाइ दर्ता भएको छ ।

























