सशस्त्रका ११ एसएसपीको सरुवा
वि.सं.२०८२ वैशाख ११ बिहीवार १८:४७
shares

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । बिहीबार मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले साधारण समूहतर्फका ११ जना एसएसपीहरूको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार एसएसपी मनिष थापाको कार्य विभाग, कमल प्रसाद तिउसिनाको खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौं, सुधिर जंग थापाको बराह बाहिनी मुख्यालय सुनसरी, माधव प्रसाद पौडेलको भण्डार महाशाखा सरुवा भएको छ ।
उद्धवबहादुर न्यौपानेको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरा, राजेन्द्र खड्काको एपीएफ इन्टलीजेन्स ब्यूरो, किरण ढुंगानाको यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोट, रविन राज कर्णजीतको सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।
त्यस्तै, एसएसपीहरू भरत खनियाको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवन, विकास घिमिरेको प्रबन्ध महाशाखा र जहर सिंह बुढामगरको नेपाल पर्वतीय उडान तालिम शिक्षालय मनाङमा सरुवा भएको छ ।

























