global ime bank Long Banner Ad

गृहपृष्ठ बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिनुभएको छ । प्रदेश सरकारको सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको प्रगति समीक्षा कार्यक्रममा मन्त्री तथा सचिवलाई निर्देशन दिएको हो ।

बजेट कार्यान्वयमा बाँकी अवधि महत्वपूर्ण हुने भएकाले यसमा गति बढाउन सकेमात्र प्रदेश सरकारको खर्च प्रगतिमा सुधार आउने मुख्यमन्त्री कँडेलको भनाइ छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको जनाउँदै उहाँले लक्ष्यअनुसार प्रगति हासिल हुन नसके पनि पछिल्लो समय केही सुधार आएको जनशक्ति पर्याप्त हुँदा पनि पर्याप्त प्रतिफल आउन नसकेकाबारे सचिवलाई मुख्यमन्त्री कँडेलले “पहिला जनशक्ति पर्याप्त थिएन भनेर काम रोकिन्थे तर अहिले पर्याप्त जनशक्ति हुँदा पनि किन अपेक्षित परिणाम आउन सकेन रु समीक्षा गर्नैपर्छ”, भने, “हामीले साउनदेखि मेहनत गरिरहे पनि उल्लेख्य प्रतिफल प्राप्त गर्न सकेका छैनौँ । सुशासन र बजेट कार्यान्वयनमा प्रभावकारी नतिजा आउने गरी मन्त्री तथा सचिवहरूको ध्यानाकर्षण गराउँछु ।”

आफ्ना विषयगत मन्त्रालयको काममा चिठी मात्र पठाएर ढुक्कसँग बस्ने परम्पराले कतिपय काम अलपत्र परेको बताउँदै  आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति केन्द्रित हुन र परम्परागतभन्दा जनताले अनुभूति हुनेगरी बजेटको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिए । अनुशासनको नाम काम अड्काएर राख्ने नभई स्थिति बसाल्ने र मन्त्रालयले निकास निकाल्नेगरी काम गर्नसमेत मुख्यमन्त्री कँडेलले मन्त्री तथा सचिवहरूलाई सुझाए ।

प्रकाशित समय : ०५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु