global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मुम्बईको सहज जितमा रोहित र सूर्यकुमारको अर्धशतक

मुम्बईको सहज जितमा रोहित र सूर्यकुमारको अर्धशतक

मुम्बईको सहज जितमा रोहित र सूर्यकुमारको अर्धशतक

ओपनर रोहित शर्मा र सूर्यकुमार यादव चम्कँदा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार चेन्नाई सुपर किंग्समाथि नौ विकेटको सहज जित दर्ता गरेको छ । वान्खडे रंगशालामा चेन्नाईले प्रस्तुत गरेको १७७ रनको लक्ष्य घरेलु टोली मुम्बईले १५.४ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो ।

मुम्बईको जितमा रोहितले ४५ बलमा ६ छक्का चार चौकासहित अविजित ७६ रन बनाए । सूर्यले ३० बलमा ६ चौका र पाँच छक्कासहितले अविजित ६८ रन थपे । रायन रिकेल्टनले २४ रन बनाए ।

चेन्नाईबाट एक मात्र विकेट रवीन्द्र जडेजाले लिए । त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७६ रन बनाएको थियो ।

चेन्नाईका रवीन्द्र जडेजाले ३५ बलमा चार चौका र दुई छक्कासहित अविजित ५३ रन जोडे । शिवम दुबेले ३२ बलमा चार छक्का र दुई चौकाको मद्दतले ५० रन थपे । आयुष म्हात्रेले ३२ र शेख राशिदले १९ रन बनाए ।

मुम्बईका जसप्रीत बुमराहले दुई विकेट लिए । अश्विनी कुमार, दीपक चहर र मिचेल स्यान्टनरले समान एक विकेट लिए ।

प्रकाशित समय : १०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु