गृहपृष्ठ व्यावसायिक असफलताले १५ जना कार्यकर्ताको ज्यान गएको इजरायली फोर्सको ठहर
व्यावसायिक असफलताले १५ जना कार्यकर्ताको ज्यान गएको इजरायली फोर्सको ठहर

इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले गत महिना गाजामा १५ जना आपत्कालीन कार्यकर्ताको ज्यान जानुमा व्यवसायकी असफलता भएको ठहर गरेको छ।
आइडिएफले सो समयमा धेरै ठाउँमा चुकेको ठहर गरेको छ। सूचना पाउने र अर्डर गर्ने सवालमा चुकेको आइडिएफको ठहर छ। सो घटनामा संलग्न डेपुटी कमान्डरलाई कारबाही स्वरूप हटाइएको छ।
प्यालेस्टाइन रेडक्रस सोसाइटीले भने सो रिपोर्टलाई झुट भनेको छ। सेनाले नियतबस गरेको गलत कामलाई ढाकछोप गर्न एक सैनिक अधिकृतलाई मात्र दोष थोपरिएको आरोप प्यालेस्टाइन रेडक्रसको छ।
२३ मार्चमा प्यालेस्टाइनी रेडक्रसको एम्बुलेन्समा आक्रमण गरेर १४ आपतकालीन कार्यकर्ताको ज्यान लिइएको थियो। इजरायली सेनाले संयुक्त राष्ट्र सङ्घको कारमा पनि आक्रमण गरेको थियो।
आइडिएफले शत्रुबाट आक्रमण भइरहेको ठहर गर्दै फायर खोलेको जनाएको छ। आइडिएफले आफूले गरेको अनुसन्धानले मर्नेहरू ६ जना हमास कार्यकर्ता रहेको दाबी गरेको छ। घटनाको छानबिनमा संलग्न जनरल याहु भार हेभनले ती ६ जनाको नाम सार्वजनिक गर्ने बताएका छन्।
प्रकाशित समय : १०:१० बजे