गृहपृष्ठ रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक
रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक

मध्यम आकारको मोटरसाइकल (२५० सीसी–७५० सीसी) क्षमताका बाइक उत्पादनमा विश्व्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको छ । पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पु-याइने छ । यसको सुरूवाती भेरियन्टको मुल्य ५ लाख ५५ हजार तोकिएको छ । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउनेछ ।
यस्तै त्यसमा टाइप सी युएसबी चार्जर हुनेछ भने गियर सुचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ । आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । अबदेखि नेपालमा क्लासिक सबै भेरियन्टमा एबीएस उपलब्ध हुनेछ । न्यू क्लासिक ३५० सातवटा आकर्षक रङमा उपलब्ध हुनेछ । पाँच भेरियन्टका बाइकहरू हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन् । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन रहेका छन् ।
नेपालमा बढ्दो प्रिमियम मोटरसाइकलको मागलाई पूरा गर्न इनफिल्डको वृहत रणनीतिका निम्ति यो सुरूवात महत्वपूर्ण कोसेढुंगा हो । नयाँ क्लासिक ३५० ले एबीएस मात्रै होइन विश्वव्यापी रूपमा प्रख्यात इनफिल्डको कलात्मक डिजाइनको अनुभव पनि ग्राहकलाई दिने छ । आकर्षक स्वरूप भिन्टेज आकर्षण र सुधारिएको प्रविधिका कारण क्लासिक ३५० रोयल इन्फिल्डको सांस्कृतिक प्रतीकसँगै त्यसको डीनएको आधिकारिक स्वरूप बन्ने हाम्रो विश्वास छ ।
रोयल इन्फिल्डको आकर्षक डिजाइन, बलियो क्षमताको मात्रै नभएर पुस्तौँदेखि व्यक्तित्वको प्रतीक समेत बनिरहेको छ । रोयल इनफिल्डको विगतदेखि मोटरसाइक्लिङको स्वर्णयुगसम्म आइपुग्दा क्लासिक केबल मोटरसाइकल मात्रै रहेन । यो एउटा सांस्कृतिक प्रतीक पनि बनेको छ । क्लासिङ ३५० ले इनफिल्ड स्वरूपको ऐतिहासिकता र आधुनिकतालाई कलात्मक र रचनात्मक रूपमा जोडेको छ । यस मोडलले रोयल इनफिल्डको आधिकारिक डिनएको प्रतिनिधित्व गरेको छ । यो मोडलले रोयल इनफिल्ड ब्रान्डको अन्य सिरिजका लागि आधार तयार गर्नुका साथै शिल्प, क्षमता र गौरवशाली विरासतलाई कायमै राख्न पनि प्रेरित गरेको छ । आधुनिक सुधार सहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिङ्लाई थप रोमाञ्चित बनाउने छ ।
हेरिटिज सिरिजः हेरिटिज सिरिज मद्रास रेड र जोदपुर ब्लुमा उपलब्ध छ । यो डिजाइन रोयल इन्फिल्डको सांस्कृतिक स्वरूपबाट प्रेरित छ । मेटालिक फ्लेक फिनिस र गोल्डेन पिनस्ट्रिपिङ्ले यसलाई भिन्टेज स्वरूप प्रदान गरेको छ । हेरिटेज प्रिमियम ः यो भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ । यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध बनाएको छ ।
सिग्नल सिरिजः कमाण्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र बलसँगको ऐतिहासित सम्बन्धको सम्मान गर्छ । यो अध्यावधि स्वरूपले झनै सौन्दर्य बढाएको छ ।
डार्क सिरिजः खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपनले यसलाई थप आकर्षक बनाएको छ ।
क्लासिक क्रोमः निख्खर हरियो स्वरूपमा उपलब्ध यस मोडलले भिन्टेज शैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ । रोयल इन्फिल्डले सन् २०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सिकेडी राखेको छ । त्रिवेणी समूहसँगको सहकार्यकमा सार्क क्षेत्रमा व्यापार अभिवृद्ध गर्ने उद्देश्य सहित नेपालप्रति कम्पनीको प्रतिवद्धताका लागि सिकेडी राखिएको हो । बीरगंजमा रहेको सिकेडिमा वार्षिक रूपमा २० हजार युनिट बाइक एसेम्बल हुन्छ । सिकेडी ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, कोलम्बिया, बंलादेश मा छ भने भारतको तमिलनाडुमा रहेको छ । जसअनुसार हेरिटेज (मदरास रेड, जोधपूर ब्लू) को ५ लाख ५५ हजार, हेरिटेज प्रिमिय (मेडालियन ब्रोन्ज) र सिग्नल्स (कमाण्डो सेण्ड) को ५ लाख ६६ हजार डार्क (गन ग्रे स्टेल्थ ब्ल्याक) को ५ लाख ७३ हजार र क्रोम (इमराल्ड) को मूल्य ५ लाख ७९ हजार ९ सय रहेको छ ।
रोयल इनफिल्डः रोयल इनफिल्ड सन् १९०१ देखि निरन्तर मोटरसाइक उत्पादन गर्दै आएको ब्राण्ड हो । बेलायती जगबाट उत्पादन सुरू गरेको यसले मद्रासमा १९५५ मा प्लान्ट निर्माण ग-यो । यसले भारतमा मध्यम प्रकारको ट्व ह्वीलर विस्तारमा योगदा पु-यायो । आकर्षक स्वरूप, बलियो क्षमताका कारण विशुद्ध मोटरसाइक्लिङ् अनुभवका लागि रोयल इनफिल्ड निकै उपयोगी छ ।
रोयल इनफिल्डका थप प्रिमियम मोडलमा बियर ६५०, क्लासिक ६५०, गुरिल्ला ४५० मोडर्न रोडस्टर, हन्टर ३५०, मेटीवर ३५०, सुपर मेटोर ६५०, इन्टरसेप्टर ६५०, कन्टिनेन्टल ६५० ट्वीन्स छन् । यस्तै, सटगन ६५०, द न्यु हिमालयन एडभेन्चर टुअर ४५०, स्क्राम ४४० एडीभी क्रसणभर, आइकोनिक बुलेट ३५०, क्लासिक ३५०, गोअन क्लासिक ३५० छन् । कम्पनीले हालसालै विद्युतीय सवारी ब्रान्ड फ्लाइङ फ्ली पनि ल्याएको छ । व्यवसायिक राइडर तथा मोटरसाइकलमा रूची राख्ने समुदायमाझ रोयल इनफिल्ड आफ्नो ऐतिहासिक र कलात्मक विरासत जोगाउँदै नवीन प्रविधिमा आधारित उत्पादन ल्याउन सदैव तत्पर छ । इनफिल्डमै हजारौँ राइडहरूले उच्च हिमाली भेगदेखि गोवासम्को यात्रा हालसालै पार समेत गरेका थिए ।
प्रकाशित समय : ११:५९ बजे