global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जानकी मन्दिरमा भक्तजनको भीड

जानकी मन्दिरमा भक्तजनको भीड

जानकी मन्दिरमा भक्तजनको भीड

नयाँ वर्ष २०८२ का अवसरमा जनकपुरधामको जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ । वर्षको पहिलो दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरू वर्षभर राम्रो होस् भन्ने हेतुले पूजापाठका लागि जम्मा भएका छन् ।

धनुषाका विश्वप्रसिद्ध जानकी मन्दिरसहित राम मन्दिर, जनक मन्दिर, भूतनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । नयाँ वर्षमा मन्दिरहरूमा पूजापाठ गर्नाले विशेष फल प्राप्त हुने र वर्षभरि राम्रोसँग बित्ने धार्मिक जनविश्वाससहित मन्दिर दर्शन गर्न आएको धनुषा ट्राफिक प्रमुख हरिबहादुर वलीले बताए ।

त्यसैगरी, पर्यटकहरूको सवारीसाधनको व्यवस्थापन गर्न बिहानदेखि नै ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । वर्षको पहिलो दिन पूजापाठ र दर्शन गर्न तथा घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । जानकी मन्दिरमा बिहानदेखि दर्शनार्थी भीडभाड देखिएको छ ।

मन्दिरमा प्रसाद चढाउने भक्तजनको पनि दिनभर घुइँचो तथा भीड लागेको छभने जानकी मन्दिर परिसरमै रहेको म्युजियम हेर्नसमेत दर्शनार्थीहरुको लामो लाइन लागेको देखिएको छ ।

प्रकाशित समय : १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु