global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव हो’

‘नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव हो’

‘नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव हो’

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नववर्ष २०८२ सालका अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायु जीवनको शुभकामना व्यक्त गरेका छन ।

नयाँ वर्षलाई विगतको समीक्षा तथा भविष्यमा गरिने कार्यहरुको योजना बनाउने अवसरका रुपमा स्वागत गर्दै उनले हरेकले नयाँ सङ्कल्प, सोच र यात्राको सुरुआत गर्नुपर्नेमा जोड दिएका छन। आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडेलले भनेका छन, “नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव हो । यस अवसरमा हामी सबैले आपसी प्रेम, सहकार्य, सहिष्णुता र एकताको भावना फैलाउँदै सामूहिक हितका लागि योगदान पु-याउन सक्नुपर्दछ ।”

नेपाली जनताको लामो राजनीतिक सङ्घर्षपछि मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीअनुसार सङ्घीय संरचनाको नयाँ अभ्यासका रुपमा प्रदेश संरचना प्राप्त गरिएको उल्लेख गर्दै उनले संविधानतः प्राप्त प्रदेश संरचनालाई बलियो बनाउँदै सरकारप्रति नागरिकको भरोसा बढाउने गरी आफ्ना कामकारबाही अगाडि बढाउनु यतिबेला सबैको प्रमुख दायित्व भएको बताएका छन ।

नववर्षमा चुनौतीहरुलाई आत्मसात् गर्दै अवसरमा रुपान्तरण गर्ने साझा सङ्कल्पले कर्णाली प्रदेशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रेरणा दिने उनको विश्वास छ ।

प्रकाशित समय : १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु