global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ वीरेन्द्रनगमा फोटो प्रदर्शनी हुँदै

वीरेन्द्रनगमा फोटो प्रदर्शनी हुँदै

वीरेन्द्रनगमा फोटो प्रदर्शनी हुँदै

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तीनदिने फोटो प्रदर्शनी हुने भएको छ । नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ शीर्षकमा फोटो प्रदर्शन हुन लागेको हो ।

प्रदर्शनीको देशव्यापी यात्राअन्तर्गत यही फागुन २६, २७ र २८ गते सुर्खेतको वीरेन्द्रनगर र नेपालगञ्जमा एकैदिन प्रदर्शनी राखिएको छ । पहिलो चरणमा वीरगञ्ज र जनकपुरको सफलतापछि दोस्रो चरणमा सुर्खेत र नेपालगञ्जमा प्रदर्शनी गर्न लागिएको जनाइएको छ ।

तेस्रो चरणमा पोखरा, बागलुङ र पाल्पा, चौथो चरणमा बर्दिया, दाङ र रोल्पा, पाँचौँ चरणमा इलाम र झापा, छैटौँ चरणमा विराटनगर, धरान र भोजपुर, सातौँ चरणमा बुटवल, भरतपुर र हेटौंडामा हुनेछ ।

दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नतामार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्ने उद्देश्यले तस्बिर प्रदर्शन यात्रा थालिएको हो । यो प्रदर्शनीले नेपालका महिलाको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा ऐतिहासिक महत्वलाई स्थापित गर्न सहयोग पु-याउने अपेक्षासमेत गरिएको छ ।

कर्णाली आट्र्स सेन्टरसँगको साझेदारीमा हुन लागेको प्रदर्शनी वीरेन्द्रनगरको घण्टाघरमा हुने भएको छ । बिहान १० देखि साँझ ५ बजेसम्म प्रदर्शनी सञ्चालन हुने आयोजक नेपाल पिक्चर लाइब्रेरीले जनाएको छ । प्रदर्शनी खुला र निःशुल्क हुनेछ ।

प्रकाशित समय : १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु