global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ देउडा खेलेर हुम्लाका महिलाले मनाए अन्तरराष्ट्रिय महिला दिवस

देउडा खेलेर हुम्लाका महिलाले मनाए अन्तरराष्ट्रिय महिला दिवस

देउडा खेलेर हुम्लाका महिलाले मनाए अन्तरराष्ट्रिय महिला दिवस

यहाँका महिलाले देउडा खेलेर एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाएका छन् । अदानचुली गाउँपालिकाद्वारा दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा वक्तृत्वकला प्रतियोगितासहित देउडा खेल पनि खेलाएको थियो ।

‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने नारासहित गाउँपालिकाका छवटै वडाका महिला ‘प्लेकार्ड’सहित र्यालीमा सहभागी भएका थिए ।

सहभागीले महिलामाथि हुने हिंसा र विभेदविरुद्धका अन्त्य गर्नुपर्ने मागका ‘प्लेकार्ड’ र ‘ब्यानर’ बोकेका थिए । महिला अधिकारकर्मी तारा चन्दले महिला माथि हुने हिंसा र विभेद अन्त्य गर्न सामूहिक प्रयत्नको खाँचो औल्याएको थियो ।

‘मर्यादित महिनावारी’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा वडा नं ५ की केशरी ऐडी प्रथम भए भने मिठाई खेलमा २ नं वडाकी फागुनी बुढाले जित हात पारे । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कर्ण रोकायाले महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न पालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिराखेको जानकारी दिए ।

प्रकाशित समय : ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु