गृहपृष्ठ नेशनल हाइड्रोपावरले बोलायो साधारण सभा, असार १६ मा बुक क्लोज
नेशनल हाइड्रोपावरले बोलायो साधारण सभा, असार १६ मा बुक क्लोज
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको असार ३ गते बसेको सञ्चालक समिति बैठकले असार ३१ गते काठमाडौंको कालिकास्थित अमृत भोग क्याटरिङमा बिहान ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो ।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछ ।
त्यसैगरी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ ।
कम्पनीले सञ्चालक समितिमा एक जना महिलासहित सात जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसमेत सभाबाट पारित गर्ने कार्यसूची तय गरेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार असार १५ गतेसम्म कायम सेयरधनी मात्र साधारण सभामा सहभागी हुन तथा मतदान गर्न योग्य हुनेछन् ।
प्रकाशित समय : ०९:३३ बजे


















