global ime bank Long Banner Ad

गृहपृष्ठ सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक–इन अवधि असार २४ पछि सकिने

सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक–इन अवधि असार २४ पछि सकिने

सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक–इन अवधि असार २४ पछि सकिने

काठमाडौं । सालपा विकास बैंक लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको ८६ हजार १९४ कित्ता सेयरको लक–इन अवधि असार २४ गतेपछि समाप्त हुने भएको छ ।

आईपीओ बाँडफाँड भएको ६ महिना पूरा हुन लागेसँगै उक्त सेयरको लक–इन अवधि सकिन लागेको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धी व्यवस्थाअनुसार सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर आईपीओ बाँडफाँड भएको मितिले ६ महिनासम्म लक–इनमा राख्नुपर्ने व्यवस्था छ ।

बैंकले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ २०८२ पुस २५ गते बाँडफाँड गरेको थियो । सोही मितिदेखि गणना गर्दा ६ महिनाको अवधि पूरा हुन लागेकाले उक्त सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

लक–इन अवधि सकिएपछि उक्त सेयर कारोबारका लागि योग्य हुनेछन्, जसले सेयर बजारमा आपूर्तिमा सामान्य वृद्धि हुन सक्ने देखिन्छ ।

प्रकाशित समय : ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु