global ime bank Long Banner Ad

गृहपृष्ठ सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु गरेको छ ।

बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ८७ हजारभन्दा बढी कित्ता सेयर सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि बिक्री खुला गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहअन्तर्गतको ८७ हजार ८७८.३६ कित्ता सेयर बिक्रीका लागि सार्वजनिक सूचना जारी गरेको छ । एक संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त सेयर खरिदका लागि व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसअघि संस्थापक समूहभित्र सीमित रहने यस्तो सेयर खरिद प्रक्रिया यसपटक सबै इच्छुक व्यक्ति तथा कम्पनीका लागि खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । आवेदन बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथ, काठमाडौंमा बुझाउन सकिनेछ ।

बैंकले तोकिएको समयभित्र प्राप्त आवेदनका आधारमा प्रचलित कानुनी व्यवस्था अनुसार सेयर बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ ।

प्रकाशित समय : ०९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु