काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्से परिसूचक ३० दशमलव ३६ अङ्कले घट्यो

3.36K
shares

साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ३० दशमलव ३६ अङ्कले घटेर २८४६ दशमलव ३० को विन्दुमा पुगेको छ ।

मंगलबार ३१८ कम्पनीका एक लाख २२ हजार ३३६ पटकको कारोबारमा २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँ रहेको छ ।

४१ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये सबै राताम्मे छन् । मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।