काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सन्तनेता भट्टराईको चौधौँ स्मृति दिवस मनाइँदै

2.31K
shares

नेपाली कांग्रेसका संस्थापक सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।

विसं १९८१ पुस ८ गते जन्मिएका भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो । उनि २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि दुई पटक प्रधानमन्त्री भएका थिए । विसं २०१५ मा भट्टराई संसद्को सभामुख रहेका थिए ।

सन्तनेता भट्टराई अडान भएको र आदर्शमा नचुक्ने नेताका रुपमा चिनिनुहुन्छ । पञ्चायतकालमा उनि सुन्दरीजल बन्दीगृहमा लामो समय बिपी कोइराला र गणेशमान सिंहका साथमा बसेका थिए ।

भट्टराईको १४औँ स्मृति दिवसका अवसरमा ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’ले आज बेलुकी ६ बजे पशुपतिनाथ मन्दिरमा आरती कार्यक्रम आयोजना गर्न लागेको केन्द्रका अध्यक्ष लोकेश ढकालले जानकारी दिए । यस अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले पनि देशभर विभिन्न कार्यक्रम आयोजना गरी उनको स्मृति दिवस मनाउँदैछन् ।

विसं २०८० पुस ८ देखि २०८१ पुससम्म भट्टराईको जन्म शताब्दी वर्ष मनाइएको थियो । सोही अवसरमा केन्द्र स्थापना गरिएको नेता ढकालले बताए ।