काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रपुर अस्पतालले दियो ५० हजार आर्थिक सहयोग

3.44K
shares

ब्रेन ट्युमर रोगबाट ग्रसित रौतहटका सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पताल प्रालीले ५० हजार आर्थिक सहयोग गरेको छ । सञ्चारकर्मी महत्त्वलाई सो अस्पतालले निःशुल्क सेवा समेत दिने बताइएको छ ।

मङ्गलबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पतालका सञ्चालक डाक्टर सुवास चौधरीले सञ्चारकर्मी महतलाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए । विगत लामो समयदेखि ब्रेन ट्युमर रोगबाट ग्रसित सञ्चारकर्मी महतलाई अस्पतालले अस्पतालबाट हुने सेवा निःशुल्क रुपमा प्रदान गर्ने डाक्टर चौधरीले जानकारी दिएका थिए ।

अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको एक दिनको तलब बापतको रकम सञ्चारकर्मी महतको उपचारमा सहयोग पुगोस् भन्ने हिसाबले आफूहरुले प्रदान गरेको अस्पतालका डाक्टर चौधरीको भनाइ रहेको छ । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजयकुमार कार्कीले सञ्चारकर्मी महतको उपचारमा सबैले सहयोग गरिदिन आग्रह गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा रौतहटका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

आर्थिक रूपमा विपन्न रहेका सञ्चारकर्मी महत विगत लामो समयदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका छन् । रौतहट जिल्लालाई कार्यक्षेत्र बनाएर विगत दुई दशकभन्दा बढी समयदेखि सञ्चारकर्मी महतले विभिन्न संचार माध्यममा काम गरिसकेका छन् ।