काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्युठानमा कुसुन्डा भाषा प्रशिक्षण हुँदै

3.07K
shares
लोपउन्मुख कुसुन्डा समुदायको भाषा संरक्षणका लागि प्युठानमा १५ दिने कुसुन्डा भाषा प्रशिक्षण हुने भएको छ । सरुमारानी गाउँपालिकाको आर्थिक सहयोगमा सोमबारदेखि देशभरका कुसुन्डालाई एकैथलोमा राखेर १५ दिने भाषा प्रशिक्षण गर्न लागिएको पालिकाका अध्यक्ष झकबहादुर विकले जानकारी दिए । प्रशिक्षणमा नेपालभर रहेका कुसुन्डा समुदायका प्रत्येक घरबाट एक जनाको प्रतिनिधित्व हुने गरी व्यवस्थापन गरिएको उनले बताए ।
“हामीले कुसुन्डा भाषाको संरक्षणका लागि कानुनसमेत बनाइसकेका छौँ । मानवीय विकास नै पहिलो विकास भएकाले लोपउन्मुख कुसुन्डा समुदायका नागरिकलाई भाषा, संस्कार र संस्कृति संरक्षणका लागि काम गरिरहेका छौँ । यो पनि त्यसैको निरन्तरता हो”, अध्यक्ष विकले भने ।
कुसुन्डा भाषाका अनुसन्धानकर्ता उदयराज आलेले लोपउन्मुख समुदायको भाषा, संस्कार र संस्कृति संरक्षणका लागि पालिकास्तरबाट पहिलोपटक यस्तो कार्यक्रम हुन लागेको भन्दै खुसी व्यक्त गरे । यसघघि भाषा आयोगको सहयोगमा दाङका २३ जना कुुसुन्डा युवाले भाषा सिकिसकेको पनि उनले बताए ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा जातिको जनसङ्ख्या एक सय १५ पुरुष र एक सय ३८ महिला गरी दुई सय ५३ जना रहेको छ । लुम्बिनी प्रदेशको प्युठानमा पुरुष १६ र महिला १५ गरी ३१ जना छन् भने दाङमा पुरुष १७ र महिला २७ गरी ४४ जना छन् ।
गोर्खा, तनहुँ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ देउखुरी र सुर्खेतमा कुसुन्डाको बसोबास रहेको छ ।