काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्री कँडेलको निमन्त्रणापत्र

3.28K
shares

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेले निमन्त्रणापत्र दिएका छन । मुख्यमन्त्री कँडेलले आज काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर निमन्त्रणापत्र दिएका हुन ।

यही फागुन २३ गते कर्णाली प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्न अनुरोध गर्दै प्रधानमन्त्री ओलीलाई निमन्त्रणापत्र दिइएको मुख्यमन्त्री कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीको उक्त सम्बोधनबाट कर्णालीको पूर्वाधार विकास, राष्ट्रिय गौरवको आयोजना र प्रदेशको जीवनरेखा मानिने कर्णाली र भेरी करिडोर निर्माणमा विशेष सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री ओलीले यस अघि लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गरेका थिए ।