global ime bank Long Banner Ad

गृहपृष्ठ तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह milk splash

केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

सङ्घको हिजो र आज यहाँ भएको छलफलबाट लामो समयदेखि कृषकले भुक्तानी नपाएका विषय ध्यानाकर्षण गराएएको छ । छलफलबाट सात बुँदे चितवन अवधारणा पत्र जारी गर्दै लामो समयदेखि भुक्तानी नदिने निजी डेरी उद्योग र दुग्ध विकास संस्थानबाट भुक्तानीको लागि सहजीकरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डलाई सङ्घले अनुरोध गरेको छ ।

रकम नपाए सङ्घ आन्दोलनमा जान बाध्य हुने उल्लेख गरिएको छ । कृषि विकास मन्त्रालय र सङ्घबीच भएको ११ बुँदे समझदारी कार्यान्वयन र दुग्ध विकास संस्थानको पुनःसंरचना गर्न सङ्घले आग्रहसमेत गरेको छ ।

कृषकलाई दुध उत्पादनको आधारमा दिइने प्रोत्साहन अनुदान उपलब्ध गराउनसमेत सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

प्रकाशित समय : २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु