global ime bank Long Banner Ad

गृहपृष्ठ  जनताको विश्वास बढ्नेगरी अस्पतालले काम गर्नुपर्छ

 जनताको विश्वास बढ्नेगरी अस्पतालले काम गर्नुपर्छ

 जनताको विश्वास बढ्नेगरी अस्पतालले काम गर्नुपर्छ

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालले जनताको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताएको छ ।

आज प्रदेश अस्पताल सुर्खेतको १९औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले राम्रो सेवा पाउँदा मात्र सरकारको काम जनताले बुझ्ने भएकाले जिम्मेवारीपूर्वक काममा लाग्न निर्देशन दिए ।

कर्णाली प्रदेश सरकारले समग्र कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्र सुधार गर्ने योजनामा सरकारले काम गरिरहेको मुख्यमन्त्री कँडेलले उल्लेख गरे । कर्णाली प्रदेशका सबै क्षेत्रका विकास निर्माणका काम अघि बढिरहेको हुनाले केही समयमा कर्णाली समुन्नत हुने उनको भनाइ थियो ।

प्रकाशित समय : १८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु