गृहपृष्ठ किक बक्सरलाई राखेपको बधाई
किक बक्सरलाई राखेपको बधाई
भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा विजेता नेपाली खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बधाई दिएका छन ।
आज राखेप सचिवालमा उनले १६ देशका खेलाडीबीच उत्कृष्ट प्रदर्शन गरी नेपालको सान बढाएकामा खेलाडीहरूको प्रशंसा गरे । इन्डिया ओपन इन्टरनेश्नल किक बक्सिङमा नेपाली खेलाडीले एक रजतसहित चार पदक जितेका थिए ।
आशिक कोलीले ५४ केजीमा रजत, भक्तराज जोशीले ५१ केजीमा कास्य, सुनिम श्रेष्ठले फुलकन्ट्याक्टतर्फ ६७ केजी र चिरन राईले ५१ केजीमा कास्य पदक जितेका थिए । नयाँ दिल्लीमा गत माघ १९ देखि २३ गतेसम्म भएको उक्त प्रतियोगितामा विभिन्न १६ देशका एक हजार पाँच सयभन्दा बढी खेलाडी सहभागी थिए । नेपालबाट सहभागी भएका चारै जना खेलाडीले पदक प्राप्त गरेको टिम प्रशिक्षक दिवान श्रेष्ठले जानकारी दिए।
प्रकाशित समय : २१:१४ बजे


















