काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘खेलकुदका माध्यमबाट स्वस्थ नागरिक निर्माणमा प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने’

3.3K
shares

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदका माध्यमबाट स्वस्थ नागरिक र समृद्ध प्रदेश निर्माण गर्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएको छ ।

आज यहाँ आयोजित सोह्रौँ सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा खेलका माध्यमबाट प्रदेशमा स्वस्थ र समृद्ध नागरिक निर्माण गर्ने कार्यमा आवश्यक समन्वय र सहकार्य गरिने उल्लेख गरे । देशलाई चिनाउने, आर्थिक समृद्धि हासिल गर्ने र राष्ट्रभक्ति उजागर गर्न खेलकुद र खेलाडीको भूमिका उल्लेख्य हुने उनको भनाइ छ ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट आवश्यकताका आधारमा पहल भइरहेको बताए । खेलाडीलाई हौसला प्रदान गर्ने उद्देश्यले आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी कर्णालीका सबै खेलाडीको बिमा प्रदेश सरकारले गरिदिने प्रतिबद्धता जनाए।

साथै, दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट आज निर्णय हुने जानकारी गराउँदै मन्त्री भण्डारीले पूर्वप्रस्तावित मितिमा दशौँ राष्ट्रिय खेलकुद आयोजना हुनेमा विश्वास व्यक्त गरे ।