गृहपृष्ठ लदि पर्वमा सार्वजनिक बिदा दिन माग
लदि पर्वमा सार्वजनिक बिदा दिन माग

नेपाल माझी उत्थान संघले बागमती प्रदेशसँग लदि पर्वमा सार्वजनिक बिदा दिन माग गरेको छ । बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई ज्ञापनपत्र बुझाउँदै लदि (कोशी) पुजामा सार्वजनिक बिदा दिन माग गरेको हो ।
छुट्टै पहिचान र विशेषता बोकेको माझी जातिको प्रमुख पर्व लदि (कोशी) पुजाको अवसरमा फागुन २० गते सार्वजनिक बिदा दिन माग गरिएको छ । उक्त बिदाले सम्पूर्ण आदिवासी लगायत प्रदेशमा बसोबास गर्ने माझीहरू प्रतिको सम्मान रहने संघका महासचिव बविन्द्रलाल माझीले बताए ।
महासचिव माझीका अनुसार आफ्नो छुट्टै भाषा, धर्म र संस्कार संस्कृति भएको माझी समुदायको महत्त्वपूर्ण पर्वमा सार्वजनिक बिदा दिन माग गरेको हो । छुट्टै पहिचान सहित नेपालको मध्य पहाडी, भित्री मधेस र तराईका जिल्लाहरूमा बसोबास रहेको माझी समुदाय विशिष्ट जाति रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
प्रकाशित समय : २०:२१ बजे