global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मिस एण्ड मिसेस ब्यूटिफुल नेपाल २०२५ को अडिशन सुरु

मिस एण्ड मिसेस ब्यूटिफुल नेपाल २०२५ को अडिशन सुरु

मिस एण्ड मिसेस ब्यूटिफुल नेपाल २०२५ को अडिशन सुरु

दक्ष इन्टरनेसनल र राज ब्यूटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा हुने मिस एण्ड मिसेस ब्यूटिफुल नेपाल २०२५ को अडिशन सुरु भएको छ।

आगामी फागुन १९ गते नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको उमंग हलमा अडिसन हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले पत्रकार भेटघाटमा जानकारी दिए। पाण्डेका अनुसार अडिशनमा सहभागीहरुबाट नेपालका ख्यातीप्राप्त व्यक्तित्वहरुमो निर्णायक मण्डलले प्रतियोगितको छनौट गर्नेछ।

प्रतियोगिताका विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा भाग लिन पाउने तथा चलचित्र, म्युजिक भिडियो र विज्ञापनमा काम गर्ने अवसर प्राप्त गर्ने उनले बताए।

आयोजक तथा वरिष्ठ मेकअप आर्टिष्ट टेकराज पाण्डेका अनुसार प्रतियोगिताबाट छनौट भएका प्रतियोगीहरुलाई इन्द्रेणी सुइट होटलमा सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा सम्बन्धित विषयका विज्ञले एक महिनासम्म प्रशिक्षण दिनेछन्।

प्रकाशित समय : २०:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु