global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ रबि लामिछानेलगायतको मुद्दामा आज आदेश आउन सक्ने

रबि लामिछानेलगायतको मुद्दामा आज आदेश आउन सक्ने

रबि लामिछानेलगायतको मुद्दामा आज आदेश आउन सक्ने

सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ मुद्दामा आजै आदेश आउने सम्भावना देखिएको छ ।

सो मुद्दाका सबालमा बादी प्रतिबादी दुवै पक्षको बहस सकिएको र आज सरकारी वकिल बहस गरे पछि सम्भवतः आजै आदेश आउन सक्ने देखिएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो ।

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन ।

आज सरकारी वकिलले जवाफी बहस गरे पछि सम्भवतः आज नै आदेश आउने सम्भावना रहेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

प्रकाशित समय : ०६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु