गृहपृष्ठ एक महिना बन्द हुने भए थानकोट–चित्लाङ सडक
एक महिना बन्द हुने भए थानकोट–चित्लाङ सडक
थानकोट–चन्द्रागिरि–चित्लाङ सडक एक महिनाका लागि बन्द हुने भएको छ। उक्त सडकखण्ड आइतबारदेखि एक महिनाका लागि बन्द गर्ने सडक डिभिजन कार्यालय काठमाडौंले सूचना निकालेर जानकारी दिएको हो। डिभिजन कार्यालयले ७ पुसदेखि ६ माघसम्म सडकखण्ड पूर्ण रूपमा बन्द हुने जनाएको छ। यस अवधिमा उक्त सडकखण्डको स्तरोन्नति गर्न लागेको जनाइएको छ।
स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रगिरि भञ्ज्याङ खण्डसम्म पूर्ण रूपमा सवारीसाधनको आवागमनमा रोक लगाइनेछ। डिभिजन कार्यालयले यस अवधिमा उक्त सडक भएर चल्ने सवारीसाधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ।
यता स्थानीयले भने नियमित सञ्चालन हुनुपर्ने सडकखण्ड २४ सै घण्टा बन्दा हुँदा समस्या हुने भन्दै विरोध जनाएका छन्। उपयुक्त विकल्प नदिई सडक बन्द गरिएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन्।
प्रकाशित समय : १४:३७ बजे



















