गृहपृष्ठ धेत्रेदमार र गोदामडाँडा सडकमा झोलुङ्गे पुल
धेत्रेदमार र गोदामडाँडा सडकमा झोलुङ्गे पुल
मकवानपुरको बकैया गाउँपालिका–१२ को धेत्रेदमार र गोदामडाँडालाई सडक सञ्जालमा जोड्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ ।
गाउँपालिकाको समन्वयमा दातृ निकाय इस्थर बेन्जामिन स्मृति संस्थाको रु ४० लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको सो झोलुङ्गे पुलको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले शिलान्यास गरे ।
धेत्रेदमार र गोदामडाँडा सडकमा पुल नहँदा खासगरी वर्षायामको समयमा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । झोलुङ्गे पुल निर्माण हुने भएपछि स्थानीय हर्षित भएका छन् । “पुल नहुँदा हामीलाई आवतजावत गर्न असाध्यै समस्या भइरहेको थियो”, स्थानीय सुदिप अधिकारीले भने, “झोलङ्गे पुल निर्माण भएपछि वर्षौदेखि समस्या भोग्दै आएको समस्याबाट मुक्ति पाउने विश्वास लिएका छौँ ।”
झोलुङ्गे पुलले आवतजावतमा सहजता मात्र नभइ यस क्षेत्रको आर्थिक विकासमा पनि टेवा पुग्ने उहाँको भनाइ छ । गाउँपालिकाले विकासमा सबै नागरिकको पहुँच पु¥याउन सडक पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाएको गाउँपालिका अध्यक्ष लामिछानेले बताए । आगामी दुई महिनाभित्र पुलको निर्माणको काम सकिने गरी ठेक्का सम्झाता भएको बताए ।
सो झोलङ्गे पुल ९० मिटर लम्बाइको हुने छ । झोलुङ्गे पुल निर्माण भएपछि धेत्रेदमार, गोदामडाँडा र आसपासका क्षेत्रका स्थानीय लाभाम्बित हुने भनाइ छ ।
प्रकाशित समय : १४:२१ बजे



















