गृहपृष्ठ लुम्बिनी लायन्स : बलियो पुनरागमनको प्रतिबद्धता
लुम्बिनी लायन्स : बलियो पुनरागमनको प्रतिबद्धता
लुम्बिनी लायन्सले लुम्बिनी प्रदेश र नेपालभरिका सम्पूर्ण समर्थकहरूको अपार माया, विश्वास र निरन्तर समर्थनका लागि हार्दिक आभार व्यक्त गर्दछ। यस सिजनले अपेक्षित नतिजा नल्याए पनि, यसले टोलीलाई महत्त्वपूर्ण शिक्षा र अनुभव दिएको छ, जुन भविष्यका लागि मार्गदर्शक बन्नेछ।
समर्थकहरूको प्रत्येक उत्साह, र समर्थनले लुम्बिनी लायन्सलाई झन् दृढ र उत्साही बनाएको छ। यही प्रेरणाले लायन्स टिमलाई नयाँ जोशका साथ अझ मेहनत गर्न र आगामी सिजनमा आफ्नो सपना साकार पार्न प्रतिबद्ध बनाएको छ। लुम्बिनी लायन्स आगामी दिनमा आफ्नो समर्थकहरूको गर्व र आशा पूरा गर्ने दृढ संकल्पका साथ अझ मजबुत रूपमा फर्कनेछ।
यस बिषय मा बोल्दै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले भने : “यो सिजन चुनौतीपूर्ण भए पनि हाम्रो लागि सिकाइ र दृढताको यात्रा बन्यो। प्रत्येक बाधाले हामीलाई अझ बलियो बन्ने अवसर दिएको छ। लुम्बिनी प्रदेश र नेपालभरिका लाखौं समर्थकहरूको अटल विश्वास र माया हाम्रो प्रेरणाको मूल आधार हो। लुम्बिनी लायन्स फेरि बलियो र तयार भएर मैदानमा फर्कनेछ, हाम्रो सपना पूरा गर्न तपाईंहरूको साथ सधैं चाहिन्छ। हामीलाइ सधैँ अघि बढ्न प्रेरित गरिरहनुभएको मा हाम्रो सम्पूर्ण लुम्बिनी लायन्स टिम हजुरहरु प्रति आभारी छ।”
लुम्बिनी लायन्सले आगामी सिजनलाई ऐतिहासिक बनाउने लक्ष्यसहित तयारी थालेको छ। सपना जीवित छ, र समर्थकहरूको साथले लुम्बिनी लायन्सलाई नयाँ जोश र साहसका साथ मैदानमा फर्काउनेछ।
प्रकाशित समय : १४:५२ बजे



















