गृहपृष्ठ ‘ग्ल्याम नेपाल इन्टरनेशनल’फेसन शोमा प्रदीप, आँचल र साम्राज्ञी देखिने
‘ग्ल्याम नेपाल इन्टरनेशनल’फेसन शोमा प्रदीप, आँचल र साम्राज्ञी देखिने
प्रदीप खड्का, आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर, शिल्पा मास्के, सोफिया भुजेल, निमेश कपालीलगायत करिब आधा दर्जन सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत हुने भएका छन् । शनिबार (१४ डिसेम्बरमा) होटल याक एण्ड यतिमा आयोजना हुने ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ फेसन शो यी सेलिब्रेटी शो टपरको रुपमा र्याम्पमा देखिने भएका हुन् ।
हेल्दी च्वाइस ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ नाम दिइएको फेसन शोमा पुरुष र महिला गरेर ३० मोडलले विभिन्न पहिरनका आकर्षक डिजाइन र्याम्प प्रस्तुत गर्नेछन् । शोका लागि सबै मोडल अडिसन मार्फत छानिएका हुन् ।
प्रारम्भ प्रोडक्सनको आयोजनामा हुन लागेको फेसन शोमा विभिन्न ९ सिक्वेलमा स्वयंम गुरुङ, सेन्स क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल, हुबा, अन्नुस् क्रियसन, वेरा बाई जारा, राजन शाह लगायतका डिजाइनर्सका आकर्षक र नबिनतम पहिरन र्याम्पमा देख्न मिल्ने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए ।
प्रकाशित समय : २०:३३ बजे


















