गृहपृष्ठ यूएईका बसिल हमीद चितवन राइनोजमा अनुबन्धित

यूएईका बसिल हमीद चितवन राइनोजमा अनुबन्धित

यूएईका बसिल हमीद चितवन राइनोजमा अनुबन्धित

यूएईका अलराउन्डर बासिल हमीदले नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । उनले चितवन राइनोजबाट एनपिएलको बाँकी म्याच खेल्ने भएका हुन् ।

पछिल्लो समय हमीदले यूएईका लगातार राम्रो प्रदर्शन गरिरहेका छन् । उनले हालसम्म ७० टी–२० आईमा ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् ।

हमीद आबद्ध चितवनले एनपिएलमा हालसम्म ५ खेल खेल्दा तीनमा जित र दुई खेलमा हार बेहारेको छ । चितवनको छैटौँ खेलमा शुक्रबार विराटनगर किंग्सको सामना गर्ने तालिका छ ।

यस्तै, चितवनले लिग चरणको अन्तिम खेल शनिबार जनकपुर बोल्ट्ससँग खेल्ने तालिका छ ।

प्रकाशित समय : २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु