global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ विप्लव नेतृत्वको नेकपाको आजवाट पोलिटब्युरो बैठक

विप्लव नेतृत्वको नेकपाको आजवाट पोलिटब्युरो बैठक

विप्लव नेतृत्वको नेकपाको आजवाट पोलिटब्युरो बैठक

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आजवाट पोलिटब्युरो बैठक बस्दैँछ ।

हिजो स्थायी समिति बैठक बसे पनि आजवाट भने पोलिटब्युरो बैठक बस्नेछ । सो बैठक भोलीसम्म चल्नेछ ।

कपिलबस्तु, शिवगढीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, भावी योजना तथा केन्द्रीय समितिको एजेन्डाबारे छलफल हुने जनाइएको छ ।स्थायी समिति तथा पोलिटब्युरो बैठकले तय गरेको एजेन्डा २६ गते बस्ने केन्द्रीय समिति बैठकमा पेस गरिनेछ । प्रत्येक ६६ महिनामा केन्द्रीय समिति बैठक बस्ने व्यवस्था अनुसार विप्लवले बैठक बोलाएका हुन् ।

यसअघि गएको वैशाखमा बसेको केन्द्रीय समिति बैठकले २०८४ मा हुने निर्वाचनलाई उपयोग गरेर जाने निर्णय गरेको थियो ।

 

प्रकाशित समय : ०७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु