global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ‘समावेशी शिक्षालाई आत्मसात् गरौँँ’

‘समावेशी शिक्षालाई आत्मसात् गरौँँ’

‘समावेशी शिक्षालाई आत्मसात् गरौँँ’

अपाङ्गता भएका बालबालिकालाई सहज जीवनयापन गर्नसक्ने बनाउन विद्यालयस्तरमै समावेशी शिक्षा दिलाउनुपर्ने विज्ञहरूको सुझाव छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय र नर्वेली सहयोग संस्था नोराल्डद्वारा राजधानीमा आज आयोजित समावेशी शिक्षाको अभ्यास र दृष्टिकोणसम्बन्धी दुईदिने विचार गोष्ठीमा सहभागी विज्ञहरूले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले उपयुक्त वातावरण मिलाइदिनुपर्ने धारणा पनि विज्ञहरुको थियो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले विद्यालय शिक्षामा समावेशी शिक्षालाई आत्मसात् गर्न अझै बाँकी रहेको बताए । उनले समावेशी शिक्षा प्रवर्द्धनका लागि संस्थाहरूसँग हातेमालो गरेर अघि बढन त्रिवि सदैव तयार रहेको बताए । शिक्षा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले विद्यालयमा दिइने समावेशी शिक्षाले सामाजिक न्यायको जग बसाउने हुनाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको बताए ।

बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयकी प्राध्यापक निधि सिंहले विद्यालयले समावेशी शिक्षालाई आत्मसात् नगर्दा विश्वमा साढे दुई करोड बालबालिका विद्यालय बाहिर रहेको धारणा राखे । थुप्रै देशमा राज्यको समावेशी नीति रहने तर त्यसको कार्यान्वयन न्यून मात्रामा हुने गरेको पनि उनको भनाइ थियो ।

कार्यक्रममा नर्वेको ओस्लो मेट विश्वविद्यालयकी प्राध्यापक भिरल ग्यारेल्स्ले अपाङ्गता भएका बालबालिकालाई शिक्षा मात्र नदिई उनीहरुलाई आत्मनिर्भर बन्ने सीप पनि सिकाउनुपर्ने बताए। दुई दिनसम्म चल्ने सो गोष्ठीले समावेशी शिक्षाको क्षेत्रमा सम्बोधन गर्नेपर्ने विषयवस्तुहरुबारे सरकारलाई सुझाव दिनेछ ।

प्रकाशित समय : १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु