काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एथेन्सस्थित सिरियाली दूतावासमा फहराइयो बिद्रोहीको झण्डा

2.63K
shares

एथेन्सस्थित सिरियाली दूतावासमा बिद्रोहीको झण्डा फहराइएको छ । एथेन्समा रहेको सिरियाली दूतावासमा सिरियाली विपक्षी झण्डा फहराइएको हो ।

बिद्रोही सेनाले दमास्कस कब्जा गरेको घोषणा गरेको केही घण्टापछि यथेन्सको दुतावासमा उनीहरूको झन्डा फहराइएको हो ।

ग्रीसको सरकारी समाचार एजेन्सी एएनएले कम्तिमा तीन जना दूतावास भित्र पसे र झण्डा फहराए, जुन भवनको छतमा झुण्डिएको देखिएको थियो।

अधिकारीहरूलाई घटनास्थलमा पठाइएको थियो र तीन जनालाई हिरासतमा लिइएको छ । प्रहरीले यस बारेमा थप केही जानकारी दिइएको छैन ।

तर, एक व्यक्ति दूतावासको बालकनीमा अल असदको तस्विर समातेर तानाशाह भनेर चिच्याइरहेको देखिएको थियो । सन् १९७० मा अल असद शासन स्थापना भएपछि ग्रीस भागेका सिरियालीहरू दूतावासमा उत्सव मनाउन पुगेका छन ।

ग्रीसका सिरियाली समुदायका वरिष्ठ अधिकारी नादेर हलबौनीले भने, ‘२४ मिलियन सिरियालीहरू रातभर सुत्न सकेनन्, यद्पी यो हाम्रा लागि खुसीको खबर हो ।’

ग्रीसमा सिरियालीहरूको भेला पनि तय गरिएको उनले जानकारी दिए । आप्रवासी मन्त्रालयका अनुसार १५ हजारभन्दा बढी सिरियालीसँग ग्रीसमा बस्ने अनुमति रहेको छ।