global ime bank Long Banner Ad

गृहपृष्ठ सिटिजन्स बैंकद्वारा दृष्टिविहीनबालबालिकाकालागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीनबालबालिकाकालागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीनबालबालिकाकालागि ब्रेल शैक्षिक सामग्री सहयोग
हालसालै मात्रविश्वकै प्रतिष्ठित अवार्ड  बैंक अफ द ईयर २०२४ को उपाधिप्राप्त गर्न सफल भएको   सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । यसै क्रममा विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपालसंगको सहकार्यमा बैंकले वीरेन्द्रनगर सुर्खेतमा अवस्थित श्री कृष्ण संस्कृत तथा साधारण मा.वि.माअध्ययनरत दृष्टि विहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ ।
विद्यालयमा आयोजित एक समारोहकाबीच बैंकले सहयोग स्वरुप विभिन्न ब्रेलशैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको हो । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका बालबालिकाहरु सँग पर्याप्त शैक्षिक सामग्री उपलब्धन हुने र आवश्यक शैक्षिक सुविधाहरुबाट वञ्चितहुने भएकालेब्रेल पेपर र अन्य ब्रेल शैक्षिक सामग्रीहरुले उनीहरुको अध्ययनमा सहजता प्राप्ति होस भन्ने अभिप्रायका साथ बैंकले सो सामग्रीहरुप्रदान गरेको हो ।
सिटिजन्सबैंकले हालैमात्र फोन पे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपेक्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यानगरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषतायस भच्र्युअलक्रेडिट कार्डमा रहेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु