काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता

3.09K
shares

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरूएवं ग्राहकहरूलाई काठमाडौंको डिल्लीबजार स्थित सिद्धिपोलीप्याथल्याब प्रा.लि. द्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक लिमिटेड र काठमाडौंको डिल्ली बजार स्थित सिद्धिपोलीप्याथल्याबप्रा.लि. बिच मिति २०८१ मङ्सिर १२गते भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूएवं ग्राहकहरूलाई सिद्धिपोलीप्याथल्याबप्रा.लि. द्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुखकार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र सिद्धि पोलीप्याथल्याबप्रा.लि. को तर्फबाट प्रमुखवित्तअधिकृत श्री सुजन प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिने biochemistry, hematology, endocrinology, microbiology, infectious disease, hepatitis, HIV, TORCH panels, serology, oncology, ECG, ECHO test, Digital X-ray, Ultrasound जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।