गृहपृष्ठ रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
सुदूरपश्चिम रोयल्सबाट सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) खेल्न न्युजिल्याण्डका स्कट कुगेलेइन र इंग्ल्यान्डका सेफ अली जेब नेपाल आइपुगेका छन् ।
दुवै खेलाडी बुधबार नेपाल आइपुगेका हुन । उनिहरुलाई टोलीका व्यवस्थापक रवी तिमल्सिनाले विमानस्थलमा स्वागत गरे ।
न्युजिल्याण्डका लागि टेस्ट, ओडीआई र टि२०आई तीनै फर्म्याटमा खेलेका स्कटले पछिल्लो पटक यसै वर्ष मार्चमा अष्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए। उनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास टिमले लिएको छ । उनिजस्तो अनुभवी खेलाडीको आगमनले रोयल्स टिम मात्र नभएर समग्र नेपाली क्रिकेटलाई फाइदा पुग्ने विश्वास हामीले राखेका छौं ।
तीव्र गतिको बलिङ गर्ने निसँग तल्लोक्रममा ठूला सट खेल्ने क्षमता छ । स्कटसँग विश्वका क्रिकेटको शीर्ष फ्रेन्चाइज लिग खेलेको अनुभव छ । उनले सन् २०११ देखि प्रथम श्रेणी क्रिकेट खेल्दै आएका छन् ।
टि२० क्रिकेटमा २६ को औसतले १ सय ६८ विकेट लिनुका साथै ब्याटिङतर्फ १ सय ३४ को स्ट्राइक रेटले १ हजार २२ रन उनको नाममा छ । यसबाहेक प्रथम श्रेणी क्रिकेटमा उनले २७ को औसतमा रन जोड्दै ४ शतक र १८ अर्धशतक प्रहार गरेका छन् ।
२६ वर्षीय बायाँ हाते अलराउन्डर जेबसँग काउन्टी क्रिकेटको भरपुर अनुभव छ । गत महिना सम्पन्न इंग्ल्यान्डको टि२० घरेलु प्रतियोगितामा नर्थान्ट्सबाट खेलेका सेफले काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेल्दै आएका छन् ।
सन् २०१५ मा १६ वर्षको उमेरमा पहिलो श्रेणी क्रिकेटमा डेब्यु गरेपछि इंग्ल्यान्डका लागि उमेर समूह क्रिकेट पनि खेले। टि२० करिअरमा १ सय ४० भन्दा माथिको स्ट्राइक रेटमा १२ सय रन जोडेका उनले पार्ट टाइम बलिङ गर्दै ३३ को औसतमा १२ विकेट लिएका छन् ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।
हाम्रो टोली ( दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा(यूएई)
प्रकाशित समय : १३:५० बजे