गृहपृष्ठ आर्सनलको स्पोर्टिंगमाथि जित

आर्सनलको स्पोर्टिंगमाथि जित

आर्सनलको स्पोर्टिंगमाथि जित

प्रिमियर लिग क्लब आर्सनलले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पोर्चुगलको क्लब स्पोर्टिंगलाई फराकिलो अन्तरले पराजित गरेको छ।

गएराती सम्पन्न खेलमा आर्सनलले स्पोर्टिंग सिपीलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

आर्सनलको जितमा गार्बियल मार्टिनेली, काइ हाभेर्ट, गाब्रियल मागालहाएज, बुकायो साका र लीन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए। त्यस्तै स्पोर्टिंगका लागि एक गोल गोन्कालो इनासियोले गरेका थिए।

यो जितपछि आर्सनलको ५ खेलमा १० अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ। त्यस्तै स्पोर्टिंगको ५ खेलमा १० अंक नै छ र लिगमा आठौ स्थानमा रहेको छ।

प्रकाशित समय : ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु