गृहपृष्ठ अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
अमेरिका–चीनलाई अवरोध हटाउन वाङको आग्रह
FILE - China's Foreign Minister Wang Yi attends the Comprehensive Strategic Dialogue between Indonesia and China in Jakarta, Indonesia, Friday, Aug. 21, 2026. (AP Photo/Tatan Syuflana, File)
चिनियाँ विदेशमन्त्री वाङ यीले आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच सम्भावित शिखर वार्ताको तयारी भइरहेका बेला अमेरिका र चीनबीचका अवरोध हटाउन आग्रह गरेका छन । उनले दुई देशबीचको सम्बन्धमा देखिएका मतभेदलाई उचित रूपमा व्यवस्थापन गर्दै उच्चस्तरीय संवादका लागि अनुकूल वातावरण बनाउनुपर्ने बताएका छन ।
चिनियाँ सरकारी प्रसारण संस्था सिसिटिभीका अनुसार विदेशमन्त्री वाङले बुधबार चीनका लागि अमेरिकी राजदूत डेभिड पड्र्युुसँग भेटवार्ता गर्दै दुवै पक्षले सकारात्मक विषयमा ध्यान केन्द्रित गर्न, मतभेदको उचित व्यवस्थापन गर्न र अनावश्यक हस्तक्षेप हटाउनुपर्नेमा जोड दिए ।
चीन–अमेरिका सम्बन्धले अझै विभिन्न जोखिम र चुनौती सामना गरिरहेको स्वीकार गर्दै उनले दुई देशबीच उच्चस्तरीय आदानप्रदानका क्रममा देखिएका अवरोध हटाउनुपर्ने बताए।
राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीले गत मेमा बेइजिङमा भेटवार्ता गरी द्विपक्षीय सम्बन्धलाई स्थिर राख्ने तथा नाजुक व्यापार युद्धविराम कायम गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति सीलाई सेप्टेम्बर २४ मा अमेरिकामा भेटवार्ताका लागि आमन्त्रण गरेका छन । यद्यपि चिनियाँ राष्ट्रपतिको भ्रमणको निश्चित मिति सार्वजनिक भएको छैन ।
यसबीच अमेरिका र चीनले एकअर्काविरुद्ध आर्थिक कदम चाल्न भने जारी राखेका छन् । अमेरिकाले चिनियाँ उत्पादनका रोबोट तथा चीनमा व्यापार र अन्य गतिविधिमा संलग्न अमेरिकी संस्थामाथि समेत प्रतिबन्ध लगाएको छ । आर्थिक तथा व्यापारिक विवाद कायम रहेकै अवस्थामा दुवै देशका राष्ट्रपतिबीच सम्भावित शिखर वार्तालाई सम्बन्ध सुधारको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
प्रकाशित समय : १६:०० बजे


















