global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कारको ठक्करबाट मारिएका दम्पतीका २ छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा

कारको ठक्करबाट मारिएका दम्पतीका २ छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा

कारको ठक्करबाट मारिएका दम्पतीका २ छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने घोषणा गरेका छन्।

कागेश्वरी मनोहरा-२, आलापोटका ३८ वर्षीय नारायण नगरकोटी र उनकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीको घरमै पुगेर अध्यक्ष प्रचण्डले पीडित परिवारमा समवेदना प्रकट गरेका हुन्। प्रचण्ड सोमबार साँझ त्यहाँ पुगेका हुन्।

यस क्रममा उनले नगरकोटी दम्पतीका दुई छोरी गरिमा र अनु नगकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहेने घोषणा गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रकाशित समय : ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु