गृहपृष्ठ राज्यको उदासीनताले सती विहुलाधाम ओझेलमा: प्रभु साह
राज्यको उदासीनताले सती विहुलाधाम ओझेलमा: प्रभु साह
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सर्लाही जिल्लाको संग्रामपुरस्थित लोक आस्थाको केन्द्र सती विहुलाधामको पूर्ण उत्खनन, संरक्षण तथा पुनर्निर्माणसहितको पर्यटकीय पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचारबिरुद्ध मधेस यात्रा’ अभियानको क्रममा संग्रामपुर पुगेका अध्यक्ष साहले सती बिहुलाधामको दर्शन एवं स्थलगत अवलोकन गर्दै सो क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्नुपर्ने बताए ।
संग्रामपुरस्थित सती विहुलाको गौरवगाथा बोकेको सो ऐतिहासिक, धार्मिक स्थल देशको एक प्रमुख पर्यटकीय गन्तब्य हुनुपर्ने भए पनि राज्यको उदासीनता एवं विभेदले इतिहासको जिउँदो तथ्य पनि आज ओझेलमा परेको आजपा अध्यक्ष साहले जनाएका छन् ।
प्रकाशित समय : ११:२० बजे

















