global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेको प्रदर्शन तयारीमा रास्वपाले जनायो असन्तुष्टि

एमालेको प्रदर्शन तयारीमा रास्वपाले जनायो असन्तुष्टि

एमालेको प्रदर्शन तयारीमा रास्वपाले जनायो असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ७ मंसिरमा हुने प्रदर्शन प्रति असन्तुष्टि व्यक्त गरेको छ ।

एमालेले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध प्रदर्शन गर्न लागेको आशयका रूपमा बुझ्न सकिने दाबी रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले गरेका छन् ।

एमालेले गर्न लागेको प्रदर्शनको स्थान प्रति समेत रास्वपाले असन्तुष्टि व्यक्त गरेको छ । व्यावसायिक रूपमा महत्त्वपूर्ण स्थानमा एमालेको प्रदर्शन गर्दा पार्ने प्रभावबारे झाले प्रश्न गरे ।

नागरिकको दैनिकी नै प्रभावित हुने गरी सरकारमा रहेको दलले प्रदर्शन गर्नु अनुपयुक्त हुने झाको तर्क छ ।

 

प्रकाशित समय : २०:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु